मुख्य समाचार

सप्तरीमा मदिरा नियन्त्रण कारबाहीका क्रममा गोली लागी एक जनाको मृत्यु

सप्तरीमा मदिरा नियन्त्रण कारबाहीका क्रममा गोली लागी एक जनाको मृत्यु

सप्तरी, सप्तरीमा मदिरा नियन्त्रणका क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। मृतक राजगड गाउँपालिका–२ निवासी ४५ वर्षीय लालु यादव रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार सीमा नजिक भारी मात्रामा मदिरा भण्डारण गरी तस्करी भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरीले राति सर्च अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा मदिरा तस्करसँग झडप भएको हो।

“तस्करहरूले प्रहरीलाई घेरा हाल्दै ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्मरक्षाका लागि ७ राउन्ड गोली चलाइएको थियो,” चतुर्वेदीले बताए। त्यसमध्ये एक गोली यादवको तिघ्रामा लागेको थियो। घाइते यादवलाई अस्पताल पुर्‍याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

३०६ पटक हेरीएको

सम्बन्धित समाचार