मुख्य समाचार

रोल्पामा फर्जी कागजातप्रति नेपाली कांग्रेसको चासो

रोल्पामा फर्जी कागजातप्रति नेपाली कांग्रेसको चासो

रोल्पा — नेपाली कांग्रेस रोल्पाले माओवादी कार्यकर्ताले दिएको दुःखको आधारमा फर्जी कागजात बनाउने प्रवृत्तिप्रति गम्भीर चासो जनाएको छ।

जिल्ला कार्यसमिति रोल्पाले जारी गरेको विज्ञप्तिमा पार्टीका विभिन्न तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी द्वन्द्व प्रभावितको नाममा कागजात बनाउने कार्य भइरहेको उल्लेख गरिएको छ। ती कागजातमा व्यक्तिहरूलाई नेपाली कांग्रेसको साधारण वा क्रियाशील सदस्य भई पार्टी गतिविधिमा सक्रिय भएकै कारण द्वन्द्व प्रभावित भएको देखाइएको कांग्रेसको आरोप छ।

विज्ञप्तिमा भनिएको छ, ‘माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएको भन्दै नेपालमा बस्न नसकी जीवनरक्षाका लागि अमेरिका लगायतका देशमा पुगेको भनी गलत सिफारिस बनाई सम्बन्धित देशमा पेश गर्ने, गर्ने प्रक्रियामा रहेको बुझिएको छ।’

कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले विज्ञप्तिमा यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै, गलत, भ्रामक र कानुन विपरीतका कार्य रोक्न विदेशस्थित पार्टी जनसम्पर्क समितिहरूको सहयोग लिने उल्लेख गरेका छन्। साथै, नेपालस्थित राजदूतावासमार्फत कूटनीतिक पहल गर्दै आवश्यक प्रक्रिया अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ।

२८० पटक हेरीएको

सम्बन्धित समाचार