सूचना-प्रविधि

साइबर अपराध र चरित्र हत्या: फेसबुकमा हुने आपराधिक गतिविधिबाट कसरी बच्ने

साइबर अपराध र चरित्र हत्या: फेसबुकमा हुने आपराधिक गतिविधिबाट कसरी बच्ने

 – नवराज बुढा

अचेल फेसबुक सबैले चलाउछन। सबैको हातमा स्मार्ट फोन छ। तर ख्याल गरिएन भने कार्वाहीको भागिदार पनि बनिन सक्छ। तपाइले यदि कसै प्रतिको प्रतिशोधको भावना लिएर कसैको फोटो भिडियो, फेसबुक वा अन्य सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी प्रयोग गरेर उसको प्रतिष्ठा, नाम, वा सामाजिक छवि नष्ट गर्ने आदि कार्यलाई नै साइबर अपराध मानिन्छ।

आज म यहाँ  साइबर अपराधबाट कसरी बच्ने भनेर केही जानकारी र यस बारेमा केही प्रष्ट पार्ने कोसिस गरिरहेको छु। साइबर अपराधमा अन्य डिजिटल कारोवार सङ्ग पनि सम्बन्धित हुन्छ। तर यहाँ  म तपाइको कसैले सामाजिक सन्जालमा चरित्रहत्या गरिरहेको छ भने यस् बारेमा जानकारी साझा गर्दै छु। किनकी मलाई धेरैले सोध्ने भन्ने गर्नु हुन्छ – मेरो फोटो अर्कैले प्रोफाइलमा हालेको छ। अब के गर्ने ? त्यसैले आज यो “साइबर अपराध र चरित्र हत्या: फेसबुकमा हुने आपराधिक गतिविधिबाट कसरी बच्ने ?”
भन्ने बारेमा छोटो लेख तयार पार्दै छु।

आजभोली सबैको बानी हुन्छ अलि राम्रो फोटो हुन साथ फेसबुकमा उपलोड गरिहाल्ने । तर तपाईं पनि यस्तो गर्नु हुन्छ भने निम्न कुरामा ध्यान पुर्‍याएर मात्र फेसबुकमा फोटो हाल्नु भयो भने दुरुपयोग हुन बाट रोकिन सक्छ। तर तपाइले राखेको फोटो कसैले डाउनलोड वा दुरुपयोग नगरोस् भन्नको लागि १००% ग्यारेन्टी दिन त सकिदैन। किनकि जस्तो फोटो देखिन्छ, त्यस्तै उसले स्क्रिनसट लिन वा डाउनलोड गर्ने बाटो भेट्न सक्छ। तर, तपाईंले केही सेटिङ र उपाय अपनाएर धेरै हदसम्म सुरक्षित गर्न भने सक्नुहुन्छ।

हामिले सबैभन्दा पहिले प्राइभेसी सेटिङ कडा बनाउनु पर्छ। यसको लागि आफ्नो प्रोफाइलमा गएर → Settings & Privacy → Privacy Checkup मा गएर
Who can see your future posts ? मा Friends मात्र राख्नु भयो भने पनि केही फाइदा हुन सक्छ। त्यसै गरेर अघिल्ला पोस्टहरूमा पनि Limit Past Posts गरेर Friends only मा बदल्नु भयो भने आफ्नो प्रोफाइल र कभर फोटोमा Edit मा गएर Friends only मा राख्नुहोस् (फेसबुकमा कभर, प्रोफाइल फोटो सधैं public हुन्छ, तर यसरी केही उपाय अपनाउदा आफ्नो विवरण केही हद सम्म सीमित गर्न सकिन्छ।

त्यसै गरेर आफ्नो फोटो कसैले प्रयोग नगरोस् भन्नको निमित्त अर्को विकल्प पनि छ। यसको लागि प्रोफाइल फोटो गार्ड (Profile Picture Guard) प्रयोग गर्न सकिन्छ। प्रोफाइल फोटोमा क्लिक गरेर → Options → Turn on Profile Picture Guard जानू भो भने
यसले फोटोमा ब्लु शिल्ड आइकन देखाउँछ, जसले सामान्य डाउनलोड वा सेभ गर्ने विकल्प हटाउँछ, र स्क्रिनसटबाट पनि थोरै ब्लअर भएर देखिन सक्छ।

अर्को कुरा तपाइलाई कसैले अनावश्यक ट्यागिङ र सेयरिङ गर्छ भने यस्तो गर्न पनि सकिन्छ। Settings → Profile and Tagging मा गएर Who can post on your profile ? मा गएर → Only Me बनाउनुस त्यसपछी Who can see posts you’re tagged in ? लाई → Only Me बनाउनुहोस्। र Review posts you’re tagged in before they appear → On गर्नुहोस् । र यसरी आफ्नो फोटो दुरुपयोग नहोस भन्न चाहनुहुन्छ भने सार्वजनिक समूह वा पेजमा सकेसम्म व्यक्तिगत फोटो नहाल्नुस र Public group, Marketplace, वा Open Comment Section मा व्यक्तिगत वा पारिवारिक फोटो अपलोड पनि कहिल्यै नगर्नुस। यस्तो ठाउँबाट फोटो धेरै छिटो दुरुपयोग हुन्छ।

यी उपायले फोटो चोरीको सम्भावना केहि कम गर्छ। तर पूर्ण रूपमा भने रोक्दैन। यदि कसैले तपाईंको फोटो दुरुपयोग गर्यो भने तुरुन्तै फेसबुकमा Report गर्नु र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनु नै कानुनी सुरक्षा पाउने मुख्य बाटो हो। आजभोली मान्छेले कनेन्ट मनिटाइजेसन र पैसा कमाउनको लागि आफ्नो पेजको Fan Follower र Like बढाउनको लागि पनि विशेष गरेर राम्रो र नाम चलेका ब्यक्तिको फोटो प्रोफाइलमा राखेको हुन्छन।  यस्तो अवस्था उसको पेजलाई यहाँ बताइए जसरी Report गर्न सकिन्छ। जसले गर्दा उसको पेज Reach डाउन अथवा उसको पेज नै Suspend भएर बस्न सक्ने छ। त्यसैले Report गर्नु पनि फाइदा नै छ।

साइबर अपराध अथवा चरित्र हत्याले गर्दा कसैले आत्म हत्या समेत गर्न सक्छन। किनकी सामाजिक सन्जाल भनेको यस्तो माध्यम हो। जस्मा सेकेन्डमै फेसबुक आदिको टाइमलाइन, हिस्टोरि आदिमा दुनियाँ माझै पर्दशनी भैदिन्छ। किनकी मानिसले समाजमा कमाएको प्रतिष्ठा सबै जमिनमा झर्छ। त्यसैले चरित्र हत्याले मानिसलाई यसरी व्यक्तिगत जिवनमा असर गर्छ। नेपालमा साइबर अपराध अथवा चरित्रहत्या यसले दुई प्रकारका कानुन उल्लङ्घन गर्छ गर्छ। जस्तै :  मानहानि (Defamation) झुटा वा अपमानजनक सामग्री सार्वजनिक गरेर कसैको प्रतिष्ठा घटाउने र गोपनीयता भंग (Privacy Violation) अनुमति बिना कसैको निजी फोटो वा जानकारी प्रयोग गर्नु आदि नै चरित्रहत्या हो।

साइबर अपराध अथवा चरित्रहत्यामा लागू हुने कानुन र सजाय  के हुन सक्छन त ? इलेक्ट्रोनिक कारोबार ऐन २०६३ (Electronic Transaction Act, Section 47) अन्तर्गत अश्लील शब्द प्रयोग गर्ने,  मानहानि गर्ने, आतंक फैलाउने, वा गैरकानूनी सामग्री अनलाइन पोस्ट गरेमा अधिकतम ५ वर्षसम्म कैद अधिकतम १ लाख रुपैयाँ जरिवाना वा दुवै पनि हुन सक्छ। फौजदारी संहिता, २०७४ (Criminal Code, Section 307–309) लाई सबैले बुझेर साइबर अपराध के हो भन्ने बरेमा प्रष्ट हुनु पर्छ। किनकी आजभोली परिवेश डिजिटल युग हो।

हामिलाई मानहानि (चरित्र हत्या) गरेमा हुन सक्ने कार्वाही अधिकतम २ वर्षसम्म कैद अधिकतम २० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने छ। तर पीडितले कसरी उजुरी गर्ने त सम्बन्धित निकायमा ? यस्को लागि पीडितले लिनुपर्ने कदममा सबभन्दा पहिले सत्य प्रमाण संकलन गर्न लाग्नु पार्छ। सामाजिक सन्जालमा पोस्ट, कमेन्ट, वा फोटोको स्क्रिनसट  (तारीख र समय देखिने गरी) राख्नु पर्छ। त्यो पोस्टको URL लिंक सुरक्षित गरेर पनि राख्नुपर्छ। URL भनेको जस्तै Facebook.com आदि हो। आवश्यक भएमा स्क्रिन रेकर्ड प्रयोग गरेर भिडियो प्रमाण राख्नु पनि जरुरी पर्न सक्छ। यी प्रमाण बिना प्रहरीलाई अपराधीलाई समाउन कारवाही गर्न गाह्रो पर्छ।

अर्को कुरा हामी तपाईं प्रविधि क्षेत्रमा केही ज्ञान छ भने हामिले अपराधीले पोस्ट गरेको पोस्टको Report मा गएर वा उस्को प्रोफाइलमा गएर → Report → Harassment / Privacy Violation / Defamation रोजेर Report गर्न सकिन्छ। यस्तो बेला धेरैको positive Report गरेमा फेसबुकले कहिलेकाहीँ तुरुन्तै सामग्री हटाइदिन्छ तर यो मात्र कानुनी सजायको लागि पर्याप्त हुँदैन।

यी सबै गर्न तपाइलाई आइडिया छैन भने साइबर ब्युरोमा उजुरी दर्ता पनि गर्न सकिन्छ। यसको लागि साइबर ब्युरो, नेपाल प्रहरी (भोटाहिटी, काठमाडौं) वा नजिकको जिल्ला प्रहरी कार्यालयमा पनि जान सकिन्छ। यदि तपाई हामी मध्य कोहि विदेशमा भए नजिकको नेपाल दूतावास वा अनलाइनमा  ईमेल/पत्र पठाएर पनि ब्युरोमा  उजुरी गर्न सकिन्छ। उजुरी गर्दा प्रमाणको रुपमा चाहिने कागजातहरू नागरिकता (फोटोकपी) प्रमाण (स्क्रिनसट, लिंक, भिडियो) आदि सहित पेश गर्न पर्छ। बिस्तृतमा लिखित उजुरीपत्र (घटना विवरण, अपराधीबारे थाहा भएको विवरण आदि प्रष्ट पहिचान हुने गरेर खुलाउनु पर्दछ।

अनुसन्धानको प्रक्रिया प्रहरीले प्रमाणको आधारमा IP ट्र्याकिङ, फेसबुकसँग डेटा माग, र डिजिटल फरेन्सिक मार्फत अपराधीको पहिचान गर्छ। यसरी सिधै फेसबुक सङ्ग डेटा माग गरेर अनुसन्धान भएमा अपराधी सिधै र सहजै पक्राउ पर्न सक्छ। किनकी कुन , इन्टरनेट र नेटवर्कको प्रयोग आदि पहिचान गर्दै गएमा जस्तो सुकै व्यक्ति पनि अनुसन्धानको दायरा भित्र आउन सक्छ।यसरी अपराधी भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा दायर गर्छ। र कार्वाहीको प्रक्रिया अगाडी बढ्ने गर्छ।

साइबर अपराधमा प्रयोग हुने कानुनी धारा अथवा इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ — धारा ४७ र
फौजदारी संहिता, २०७४ — धारा ३०७ (मानहानि), ३०८ (अपमान), ३०९ (झुटा समाचार) आदि रहेको छ। तपाइले यी कुनै प्रक्रिया नगरी प्रमाण संकलन नगरी केवल मौखिक रूपमा उजुरी गर्दा अनुसन्धान लामो हुन सक्छ। अनुसन्धानमा ढिलाइ हुन सक्छ।
सबै सामग्री रिपोर्ट गर्नु भए पनि कानुनी कारवाहीका लागि प्रहरीमा उजुरी दर्ता गर्नै पर्छ।

यदि तपाईं आफैं प्रमाण संकलन गर्न असहज हुनुहुन्छ भने साइबर ब्युरोको हेल्पलाइन ( ☎ 01-5319044  ) मा सम्पर्क गरेर मार्गदर्शन लिन पनि सकिन्छ। अथवा वेबसाईट  https://cyberbureau.nepalpolice.gov.np/report-cyber-crime/ जान र इमेल cyberbureau@nepalpolice.gov.np मा उजुरी पनि गर्न सकिन्छ।

तर तपाईं समाजमा केही राम्रो गर्दै हुनुहुन्छ भने तपाइको खुट्टा तान्न दुनिया पछि परेको हुन्छ। आफ्नो कुनै गल्ती बिना विभिन्न आरोप प्रत्यारोप लाग्छ। भन्ने गरिन्छ नि  “नबिराउनु नडराउनु” समाजमा केही फरक पर्दैन। निरन्तर आफू सत्य मार्गमा हिडे भिरको बाटो ढकेल्न नसकेर पनि समाजमा कसै प्रती चरित्र हत्या हुने गर्छ। याद गर्नुहोस्- जुन रुखमा धेरै फल फुल्छ त्यहा ढुङ्गा हानिन्छ। त्यसैले सत्य कर्ममा लागे दुनियाको टिप्पणीले खासै फरक पर्दैन।

सल्लाह सुझाबको लागि : chithi@nabrajbudha.com.np

६२७ पटक हेरीएको

सम्बन्धित समाचार