अन्तराष्ट्रिय

नयाँ बानेश्वर घटनामा मृत्यु नौ, घाइते १२३

नयाँ बानेश्वर घटनामा मृत्यु नौ, घाइते १२३

काठमाडौँ — राजधानीको नयाँ बानेश्वरमा जेनजीको प्रदर्शनलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या नौ पुगेको छ भने १२३ जना घाइते उपचाररत छन्।

अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्र ५० जना घाइते भर्ना भएका छन्। त्यसमध्ये दुई जनाको मृत्यु पुष्टि भएको छ। काठमाडौँ मेडिकल कलेजमा १४ जना पुगेका घाइतेमध्ये दुईजना गम्भीर छन्, जसमा एक जनाले ज्यान गुमाएका छन्।

त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा १३ घाइते भर्ना हुँदा एक जनाको मृत्यु भएको छ। सोहीबीच ट्रमा सेन्टरमा ४० जना उपचाररत छन्, जहाँ पाँच जनाको ज्यान गएको छ।

पाटन अस्पतालमा दुई, बी एण्ड बीमा एक, भेनस अस्पतालमा प्रहरी ओमबहादुर राणा र दिपक सिजाली गरी दुई जना, तथा बयोदा अस्पतालमा एक महिला उपचाररत रहेको जानकारी अस्पतालहरूले दिएका छन्।

घाइतेमध्ये सात जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी (एपीएफ) समेत रहेका छन्।

३३७ पटक हेरीएको

सम्बन्धित समाचार