अन्तराष्ट्रिय

काठमाडौंमा ‘जेन–जी’को प्रदर्शनमा प्रहरीको गोली, १४ जनाको मृत्यु

काठमाडौंमा ‘जेन–जी’को प्रदर्शनमा प्रहरीको गोली, १४ जनाको मृत्यु

काठमाडौं — राजधानीमा ‘जेन–जी’ले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १४ जनाको ज्यान गएको छ। बानेश्वर केन्द्रित प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले पानीको फोहरा, अश्रुग्याससहित गोली प्रहार गरेको हो।

मृतकमध्ये ट्रमा सेन्टरमा ७, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसीमा १ जनाको मृत्यु भएको छ। विभिन्न अस्पतालमा २ सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ।

सिभिल अस्पतालमा मात्रै १०० जना, ट्रमा सेन्टरमा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा ४ जना उपचाररत छन्। एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थामा छन्। त्यस्तै, ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेले १० जना गम्भीर अवस्थामा रहेको बताउँदै उनीहरूको टाउको र छातीमा गोली लागेको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध ‘जेन–जी’ युवाले राजधानीसहित देशका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्।

२९५ पटक हेरीएको

सम्बन्धित समाचार