मुख्य समाचार

दाङमा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ, दुई महिला रोल्पाका

दाङमा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ, दुई महिला रोल्पाका

दाङ, दाङको घोराही उपमहानगरपालिका–१८ कात्तिकेडाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा तास खेलिरहेका पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हिजो बेलुका पक्राउ परेका मध्ये दुई महिला रोल्पा जिल्लाकी हुन्।

पक्राउ पर्नेहरूमा घोराही–१० खैराका ३९ वर्षीय विरबहादुर बुढा मगर, घोराही–१२ हापुर साजखर्कका ४२ वर्षीय दलबहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँकी ३५ वर्षीया तुलसी खड्का, ३० वर्षीया कल्पना घर्ती मगर र घोराही–१२ का ४० वर्षीय भमबहादुर बाठा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो।

प्रहरीका अनुसार उनीहरूको साथबाट १२ बुक तास र नगद ५५ हजार २ सय रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

५८२ पटक हेरीएको

सम्बन्धित समाचार