रोल्पा, टेक मगर / त्रिवेणी गाउँपालिका–२ एरिगाउँमा आज बिहान एक ट्याक्टर दुर्घटना भएको छ। बालुवा बोकेर होलेरीबाट त्रिवेणी–२ डाफला जाँदै गरेको लु ४ प २९०९ नम्बरको ट्याक्टर बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो।
दुर्घटनामा परेका सवारी चालक घोराही उपमहानगरपालिका–१३ का पूर्णबहादुर बि.क रहेका छन्। उक्त सवारीसाधन मोहीत हार्डवेयरका मालिक चुर्णबहादुर बस्नेतको भएको प्रहरीले जानकारी दिएको छ।
उकालो बाटोमा ट्याक्टर ब्याक हुँदा ब्रेक हान्दा चिप्लिएर ट्याक्टर करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको र चालक पूर्णबहादुर बिक सकुशल रहेको प्रहरीले जनाएको छ।
२५८ पटक हेरीएको
टेक मगर