रुकुम, रुकुम पश्चिममा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
बिहिबार बेलुका बाँफिकोट गाउँपालिका ७ बास्तोलामा क.प्र. ०३००१ प ०६१३ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा सोहि वडा निवासी ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार नदुवाबाट राडीतर्फको भित्रि सडकमा जाँदै गरेको उक्त मोटरसाईकल बास्तोलामा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाईकल चालक बाँफिकोट गाउँपालिका ७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाईते हुनुभएको छ ।
मोटरसाईकल अनियन्त्रित भएर सडकको नालामा पल्टिदा दुबैजना घाईते भएका थिए । गम्भिर अवस्थाका खत्रीलाई उपचारको लागि जिल्ला असपताल सल्ले पुर्याएको बेला चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
१९७ पटक हेरीएको