रोल्पा, रोल्पाको त्रिवेणी २ भाङ्गोबारीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ। सिमेन्ट बोकेर रोल्पाको दुईखोलीतर्फ जाँदै गरेको ना १ क ३०५२ नम्बरको ट्रक सहिदमार्गअन्तर्गत भाङ्गोबारी भन्ने स्थानमा दुर्घटना भएको छ।
हेटौडा नगरपालिका–१३ का चालक विवेक सिंह तामाङ ले ट्रक चलाएका थिए। उनी सँग सवार त्रिवेणी–७, रोल्पाका केशर वि.क रहेको बताईएको छ।
दुर्घटनामा मानवीय क्षति नभए पनि चालक तामाङ र उनीसँग सवार व्यक्ति सामान्य घाइते भएका छन्। घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकी नुवागाऊ स्वास्थ्य चौकी मा उपचार काे लागी पठाइएको प्रहरीले जनाएको छ।
२७५ पटक हेरीएको