रोल्पा,/रोल्पाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित श्री जनज्योति माध्यमिक विद्याल राक्सेवाङको प्राङ्गणबाट युवा एक मोटरसाइकल चोरी भएको छ। लु ३४ प्र ९८९५ नम्बरको उक्त मोटरसाइकल रोल्पा नगरपालिका–१ मेवाङ निवासी वीरबहादुर कवरले विद्यालय परिसरमा राखेका थिए।
उनका अनुसार क्लबले खेल खेलाउन बोलाएको थियो र आफू खेल संयोजकको रूपमा कार्यक्रमस्थल पुगेपछि आयोजकले ५० रुपैयाँको रसिद काटेर मोटरसाइकल विद्यालयमै राख्न भनेका थिए। तर रसिदमा मोटरसाइकलको नम्बर उल्लेख गरिएको थिएन। मोटरसाइकल मंसिर ९ गते साँझदेखि ११ गते बीचको समय चोरी भएको कवरले बताए।
मोटरसाइकल धनी कवरले आयोजक पक्षले सुरक्षामा लापरवाही गरेको र केवल पैसा उठाउनेतर्फ मात्रै ध्यान दिएको आरोप लगाएका छन्। यद्यपि यस विषयमा आयोजकले भने आफ्नो कुनै औपचारिक प्रतिक्रिया दिएको छैन् ।
२२४ पटक हेरीएको