मुख्य समाचार

रोल्पामा मोटरसाइकल दुर्घटना, एक जना घाइते

रोल्पामा मोटरसाइकल दुर्घटना, एक जना घाइते

रोल्पा, रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका–४ कादधारास्थित भालुवाङ–लिवाङ सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको छ।

सातदोबाटोबाट प्युठानतर्फ जाँदै गरेको लु४६प ९८५६ नम्बरको मोटरसाइकल ब्रेक फेल भई सोही स्थानमा रहेको दुर्गा मन्दिरमा ठोक्किन जाँदा दुर्घटना भएको हो। मोटरसाइकल प्युठान नगरपालिका–१ खैरा निवासी २४ वर्षीय प्रमोद बस्नेतले चलाएका थिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार प्युठान नगरपालिका–८ बाग्दुला निवासी १९ वर्षीय रोसु थापा मगर घाइते भएका छन्। घाइते थापा मगरको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

२४५ पटक हेरीएको

सम्बन्धित समाचार