रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–२ भाङ्गोबारीमा सहिदमार्ग अन्तर्गत यात्रुबहाक बस दुर्घटना भएको छ। रोल्पाबाट दाङको घोराही जाँदै गरेको रा १ ख २३५६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको टाउको, ढाड, कम्मर तथा हातमा चोट लागेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूको उपचार नुवागाउँ स्वास्थ्य चौकीमा भइरहेको बताइएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा दाङ घोराही निवासी १८ वर्षका रमेश बुढा (टाउकोमा सामान्य चोट), दाङ घोराही निवासी ३९ वर्षका जब्बर अन्सारी (कम्मरमा सामान्य चोट), रोल्पा त्रिवेणी–४ निवासी ४६ वर्षका हस्तबहादुर घर्ती (कम्मरमा सामान्य चोट) र त्रिवेणी गाउँपालिका निवासी ४२ वर्षीया तिला घर्ती (दायाँ हातमा सामान्य चोट) रहेका छन्।
बस रुन्टिगढी गाउँपालिका निवासी जशा घर्तीले चलाएका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
३३५ पटक हेरीएको
टेक मगर