मुख्य समाचार

रुकुम पश्चिममा अटो दुर्घटना, चालकको मृत्यु

रुकुम पश्चिममा अटो दुर्घटना, चालकको मृत्यु

रुकुम, रुकुम पश्चिममा गए राति भएको अटो दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी राजमार्गअन्तर्गत मुसिकोट नगरपालिका–१ खलङ्गाबाट सानीभेरी गाउँपालिकातर्फ जाँदै गरेको अनटेस्ट अटो सानीभेरी गाउँपालिका–९ खारखोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा मुसिकोट नगरपालिका–१३ का २८ वर्षीय अटो चालक विनोद रोकायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो।

प्रहरीका अनुसार अटो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो। अटोमा चालक मात्र सवार रहेको बताइएको छ। मृतक रोकायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३१७ पटक हेरीएको

सम्बन्धित समाचार