रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिका–३, रामीडाँडामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन्। स्थानीय २१ वर्षीया हीरा बस्नेत आइतबार दिउँसोदेखि बेपत्ता भएपछि परिवारले खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि सुरु गरिएको खोजी कार्यका क्रममा सोमबार बिहान जङ्गलमा बस्नेत झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक बस्नेतको शव पोस्टमार्टमका लागि रोल्पा जिल्ला अस्पताल, रेउघा पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
१२०७ पटक हेरीएको
टेक मगर