सल्यान, माघ ९ गते । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय ढोरचौर, सल्यानले केन्द्र नं. १२०.०२६.०१.६ का सदस्य चन्द्रा कुमारी बोहरा थापाको श्रीमान् इश्वरी थापाको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै निज सदस्यलाई कर्जा सुरक्षण विमाबाट प्राप्त सुविधा रकम रु. ४,२०,००० (चार लाख बीस हजार) नगद हस्तान्तरण गरेको छ ।शारदा नगरपालिका वडा नं. ७ कजेरीकी स्थानीय बासिन्दा तथा संस्थाका सक्रिय सदस्य चन्द्रा कुमारी बोहरा थापाका श्रीमान् इश्वरी थापाको असामयिक निधन भएको थियो । यस दुःखद घटनाले परिवारमा गहिरो शोकको वातावरण सिर्जना भएको बेला ग्लोबल आई.एमई लघुवित्त संस्था ढोरचौर सल्यानले तत्कालै विमा सुविधा सक्रिय पारेर पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो । शाखा कार्यालय ढोरचौरका शाखा प्रमुख गणेश खनालले यो रकम शारदा–७ का वडा सदस्य नन्दराम रेउलको रोहवरमा निज सदस्य चन्द्रा कुमारी बोहरा थापालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।कार्यक्रममा वडा सदस्य नन्दराम रेउले, शाखा प्रमुख गणेश खनाल, कनिष्ठ सहायक कमल वली लगायतका मुख्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसबाहेक केन्द्र प्रमुख रिता कुमारी गिरी, नेपि थापा, चिउरली गिरी, काली थापा, मंगली थापा, मोति बस्नेत, भिमी बुढाथोकी, पुनि बस्नेत, शुसिला विष्ट, पतरी विष्ट, पर्शुराम रोका, रेमन्त थापा, माघे रोका र कोपि रोका लगायतका अन्य सदस्य तथा अभिभावकहरू पनि उपस्थित थिए । यी सबैको साक्षीमा उक्त रकम हस्तान्तरण सम्पन्न भएको शाखा प्रमुख खनालले बताउनुभयो ।
विमा सुविधाले ग्रामीण क्षेत्रका सदस्य परिवारहरूलाई विपद्को घडीमा ठूलो सहयोग पुर्याउने भएकोले लघुवित्त संस्थाहरूको भूमिका सराहनीय रहेको स्थानीयहरूले बताएका छन् । शाखा प्रमुख खनालले भन्नुभयो, “हाम्रो संस्थाले सदस्यहरूको कर्जा सुरक्षणका लागि विमा योजनालाई प्रभावकारी बनाएका छौं । यसले यस्ता घटनामा तुरुन्त राहत दिन्छ र परिवारको आर्थिक स्थिरता कायम राख्न मद्दत गर्छ ।”सल्यानका अन्य शाखाहरूले पनि यस्ता सुविधाहरू विस्तार गर्दै लगेका छन् जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन योगदान पुर्याइरहेको छ । यो घटनाले लघुवित्तको सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ ।
३१७ पटक हेरीएको