२३ भदौ, झापा । झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ३० वर्षीय वीरेन्द्र सहनी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सहनी मोटरसाइकल चलाउँदै थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
१२४ पटक हेरीएको