असोज ५, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा भारतमा रु ५ अर्ब ४३ करोडभन्दा बढीको विद्युत निर्यात गरेको छ ।
साउन, (साउन १८– भदौ १७) चालू आर्थिक वर्षको पहिलो महिना प्राधिकरणले करिब रु एक अर्ब ९५ करोडको विद्युत् आपूर्ति गरेको छ भने भदौको अर्को महिना (भदौ १८ देखि भदौ १७) मा तीन अर्ब ४८ करोडको विद्युत् निर्यात भएको छ ।
मासिक औसत बिक्री मूल्य क्रमशः रु ८.१३ पैसा प्रति युनिट र रु १२.२७ पैसा प्रति युनिट थियो र दुई महिनाको औसत दर प्रति युनिट रु १०.३७ पैसा रहेको छ ।
प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे-अहेड मार्केटमा भारतलाई वर्षामा अतिरिक्त बिजुली आपूर्ति गर्दछ। मध्यकालीन विद्युत सम्झौताअनुसार भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडलाई करिब ११० मेगावाट विद्युत् निर्यात गरिएको छ ।
भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपालबाट ६ सय ३२ मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दुई देशबीचको विद्युत व्यापार सम्बन्धले विदेशी मुद्रा सञ्चितिमा योगदान पु¥याएको र नेपालले भारतसँग भोग्दै आएको ठूलो व्यापार घाटा घटाएको बताए ।
१५७ पटक हेरीएको