मुख्य समाचार

उपराष्ट्रपति यादवसँग कोरियाली राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग कोरियाली राजदूतको शिष्टाचार भेट

असोज ६, काठमाडौं । उपराष्ट्रपति रामसहय प्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क टे–योङले शुक्रबार शिष्टाचार भेट गरेकी छन् । उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विभिन्न आयामका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘हाम्रो द्विपक्षीय सम्बन्ध आपसी विश्वास, समझदारी र सहयोगमा आधारित छ’, उपराष्ट्रपति यादवले आपसी सहयोग र मित्रता निरन्तर सुदृढ हुँदै गएको बताए ।

उपराष्ट्रपति यादवले नेपालको सामाजिक आर्थिक विकासका लागि दक्षिण कोरिया भरपर्दो र महत्वपूर्ण साझेदार भएको स्मरण गराए । “नेपालको विकासमा निरन्तर सहयोग गरेकोमा म दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गर्दछु,” उनले थपे।

सो अवसरमा नेपालको जलविद्युत र अन्य उत्पादनमूलक क्षेत्रमा उपयुक्त वातावरण सिर्जना भइरहेकाले त्यसमा लगानी गर्न राजदूतसँग दक्षिण कोरिया सरकारलाई आग्रह गरिएको थियो ।

कोरियाको ज्ञान, सीप र प्रविधिबाट नेपाल लाभान्वित हुन चाहन्छ, यादवले जोड दिए ।

जवाफमा दक्षिण कोरियाली राजदूत पार्कले नेपालको विकासका लागि सहयोग र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

२२५ पटक हेरीएको

सम्बन्धित समाचार