असोज ११, काठमाडौं । नेकपा एमालेको वाग्मती प्रदेश अधिवेशनका लागि आज निर्वाचन हुँदैछ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी अधिवेशनमा आज (बिहीबार) बिहान ११ बजेदेखि मतदान सुरु हुने एमाले स्रोतले जनाएको छ ।
कार्यतालिका अनुसार बुधवार मतदानको अन्तिम नामावली सार्वजनिक गरिएको थियो भने साँझ उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक गरिएको थियो ।
आज बिहान ११ बजेदेखि मतदान सुरु हुने कार्यक्रममा कुल १ हजार १७४ योग्य मतदाताले आफ्नो मत हाल्ने अपेक्षा गरिएको छ ।
बन्द सत्रको अनुगमन गर्न प्रदेश इन्चार्ज गुरु बरालको संयोजकत्वमा ११ सदस्यीय अध्यक्षता समिति गठन गरिएको छ ।
समितिमा शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बाँस्कोटा, कमल चौलागाई, रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ, अरुण नेपाल र रत्न गुरुङ रहेका छन् ।
१२९ पटक हेरीएको