असोज २६, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना जर्मन समकक्षीको मैत्रीपूर्ण निमन्त्रणामा आगामी महिना संघीय गणतन्त्र जर्मनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
जर्मन एकता दिवस तथा नेपाल–जर्मनी सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जले राष्ट्रपति पौडेललाई आफ्नो देशमा स्वागत गर्न जर्मनीका जनता आतुर रहेको बताए ।
जर्मन राजदूतले भूकम्पपछिको पुनर्निर्माणलगायतका काममा र कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि यस्तै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुखहरु, सरकारका उच्च पदस्थ अधिकारीहरु, उद्योगी, पत्रकार, नेपालमा रहेका जर्मन नागरिकहरु लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना कार्यक्रमको प्रमुख अतिथि थिए ।
१७१ पटक हेरीएको