गण्डकी

नेपाली भाषामाथि हमला भइरहेको छ : मुख्यमन्त्री पाण्डे

नेपाली भाषामाथि हमला भइरहेको छ : मुख्यमन्त्री पाण्डे

कार्तिक ३, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषामाथि लगातार हमला भइरहनु चिन्ताजनक रहेको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले नेपाली जनताले अहिलेसम्म पाएका अधिकारलाई उल्ट्याउन यहाँ नेपाली भाषा र धर्ममाथि कुप्रथा भइरहेको बताए । कांग्रेस कास्की क्षेत्र नं १ (ख) ले बिहीबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जाति, धर्म, भाषा र संस्कृति नेपालमा एकताको प्रतीक भएको बताउँदै सामाजिक सद्भाव बिथोल्ने तत्वहरु विरुद्ध दर्शकहरुलाई सचेत गराउनुभयो ।

त्यसैगरी मुख्यमन्त्रीले नेपाली कांग्रेस कमजोर भए संघीय लोकतन्त्र संकटमा पर्ने तर्क गरे । उनले गल्ती सच्याएर अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

१३३ पटक हेरीएको

सम्बन्धित समाचार