कार्तिक ११, काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ ।
त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा आयोजक युएईलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले दिएको १६३ रनको लक्ष्य पछ्याएको युएईले ६ विकेटको क्षतिमा पूरा गरेको हो । यसअघिका चार खेलमा नेपालले युएई र हङकङलाई पराजित गरेको थियो । पहिलो खेलमा युएई सात विकेटले जितेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
त्यस्तै तेस्रो खेलमा नेपालले हङकङलाई ७९ रनले हराएको थियो भने युएईलाई ५ विकेटले पराजित गरेको थियो । युएईले एक खेल मात्र जितेको छ । नेट रन रेटका आधारमा हङकङलाई पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग ६९ रनले पराजित भएको थियो । आज भएको फाइनलमा युएईले १९.५ ओभरमा ६ विकेट गुमाएर १६३ रनको लक्ष्य पुरा गरेको थियो । युएईका लागि कप्तान मोहम्मद वसीमले २२ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए । त्यसैगरी, वृत्य अरविन्दले २६, आर्यन शर्माले २५, बासिल हमेदले २२, अलिशान शराफुले १३ र अली नसिरले ११ रनको योगदान दिए । नेपालका लागि अविनाश बोहरा र गुलशन झाले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाएर २६२ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले २८ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । त्यस्तै करण केसीले १७ बलमा २३ रन बनाए । उनको स्कोरमा दुई चौका र एक छक्का रहेको थियो । दीपेन्द्र सिंह ऐरीले १५ बलमा एक छक्का र एक चौका प्रहार गर्दै २० रन बनाए । कप्तान रोहित कुमार पौडेलले १७ बलमा एक चौका प्रहार गर्दै १८ रन, सोमपाल कामीले १३, सन्दिप जोराले १०, आसिफ शेखले सात, गुलशन झाले पाँच र कुशल मल्लले एक गोल गरे ।
बलिङतर्फ युएईका अयान अफजल खानले एक्लै ३ विकेट लिए भने जहुर खान र अली नसिरले २–२ तथा जुनैद सिद्दिकीले एक विकेट लिए ।
१९९ पटक हेरीएको