खेलकुद

फाइनलमा आज नेपाल र ओमान भिड्दैछन्

फाइनलमा आज नेपाल र ओमान भिड्दैछन्

कार्तिक १९, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दैछन् । खेल काठमाडौंको कीर्तिपुर रंगशालामा विहान ११ बजे हुनेछ । सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान फाइनलमा पुगेको हो । नेपाल र ओमान दुवै टी–२० विश्वकपका लागि छनोट भएका छन् ।

घरेलु टोली फाइनलमा पुगेकाले आज कीर्तिपुरमा धेरै नेपाली समर्थकको उपस्थिति हुने अपेक्षा गरिएको छ । नेपाल अहिले शोकमा छ । गत शुक्रबार मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा सयौं नेपालीको मृत्यु भएको थियो । नेपाल क्रिकेट संघले क्रिकेट फाइनलको टिकटबाट उठेको ५० प्रतिशत रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई दिने घोषणा गरेको छ ।

१७० पटक हेरीएको

सम्बन्धित समाचार