कर्णाली

राष्ट्रियसभा समितिले भूकम्पपीडितका लागि राज्यको स्रोत साधनको पूर्ण उपयोग गर्न माग

राष्ट्रियसभा समितिले भूकम्पपीडितका लागि राज्यको स्रोत साधनको पूर्ण उपयोग गर्न माग

२० कात्तिक, काठमाडौं । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपछि राज्यको स्रोत साधनको पूर्ण उपयोग गर्न सरकारलाई निर्देशन दिएको छ ।

विपद्बाट पीडितको तत्काल उद्धार र नि:शुल्क उपचार र पुनस्र्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्न सरकारसँग माग गर्दछ । समितिको आइतवार बसेको बैठकले भूकम्पको असरलाई सम्बोधन गर्न एकद्वार नीति लागू गर्न सरकारलाई निर्देशन दिएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । साथै, बैठकले विपद्पछि विपतमा परेकालाई सहयोग गर्न स्वदेशी तथा विदेशी दातृ निकायका साथै राज्यका निकाय, संस्था र सम्पूर्ण नागरिकलाई आह्वान गरेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पका कारण कर्णाली प्रदेशका यी जिल्लामा ठूलो जनधनको क्षति भएको छ । भूकम्पमा हालसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

१५१ पटक हेरीएको

सम्बन्धित समाचार