२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको चिनियाँ कम्युनिष्ट पार्टीका नेपाल भ्रमणमा रहेका सचिव वाङ जुङजेङले आज भेटवार्ता गरेका छन् ।
उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाङ बुधबार पाँच दिने नेपाल भ्रमणमा आएका हुन् । बुधबार नै वाङले उपराष्ट्रपति राम सहायप्रसाद यादवसँग उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका थिए । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो ।
गत महिना प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा वाङले नेपाली नेतालाई तिब्बतमा स्वागत सम्बोधन गरेका थिए । भ्रमणमा आपसी हितका विभिन्न द्विपक्षीय विषयमा छलफल भएको थियो । सौहार्दपूर्ण आदानप्रदानका क्रममा प्रधानमन्त्री दाहालले वाङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
१७८ पटक हेरीएको