२४ कात्तिक, काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा एक महिनाभित्र रिट पेस गर्न आदेश दिएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको छ ।
न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले लामिछानेको तर्फबाट वकिल र सरकारी वकिललाई एक महिनाभित्र आआफ्नो बहस बुझाउन आदेश दिएको हो । यसअघि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यसैबीच सर्वोच्च अदालतले लामिछानेलाई देशबाहिर हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अनुमति दिएको थियो ।
१७८ पटक हेरीएको