८ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको चार महिनामा भारतमा १२ अर्ब ५० करोड रुपैयाँको विद्युत निर्यात गरेको छ ।
प्राधिकरणले यस अवधिमा भारतमा १ अर्ब ३६ करोड युनिटभन्दा बढी विद्युत निर्यात गरेको छ । प्राधिकरणले वर्षायामदेखि अतिरिक्त विद्युत् भारतीय बजारमा बिक्री गर्न थालेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् निकासीबाट आर्जन भएको रकमले मुलुकको विदेशी मुद्रा सञ्चिति बढाउन र भारतसँगको व्यापार घाटा कम गर्न सहयोग पुगेको बताए ।
१३८ पटक हेरीएको