मुख्य समाचार

नेता नेपालले देशको समृद्धिका लागि एकताबद्ध हुन आह्वान

नेता नेपालले देशको समृद्धिका लागि एकताबद्ध हुन आह्वान

९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालले सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण मुलुकको वर्तमान आवश्यकता भएको बताए । जनतामा रुपान्तरणको प्रत्याभूति दिन सुशासन कायम गर्नु आवश्यक रहेको औँल्याउदै उहाँले उत्पादन वृद्धिसँगै रोजगारीका अवसर सिर्जना नगरी सामाजिक रुपान्तरण कठिन हुने धारणा राख्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेको गतिविधिलाई परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री ओलीले लोकतन्त्र, राष्ट्रियता र राष्ट्रको रक्षा सर्वोपरी रहेको बताए ।

२३५ पटक हेरीएको

सम्बन्धित समाचार