मुख्य समाचार

हिंसा अन्त्यका लागि सचेतना अभियान आवश्यक : अध्यक्ष पौडेल

हिंसा अन्त्यका लागि सचेतना अभियान आवश्यक : अध्यक्ष पौडेल

९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न व्यापक जनचेतना अभियान आवश्यक रहेको बताउनुभएको छ ।

विकृतिका कारण पनि महिला हिंसा र विभेदको सिकार हुनु चिन्ताजनक छ । छाउपडी, दाइजो र तिलक जस्ता सामाजिक विकृति र कुप्रथाले महिलालाई पिरोलिएको छ, राष्ट्रपति पौडेलले यस्ता कुरीति अन्त्य गर्न र समानता सुनिश्चित गर्न कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । १६ दिने सक्रियता तथा महिला हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

उनले नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक व्यवस्थाको प्रत्याभूति गरेको भए पनि महिलामाथिको विद्यमान भेदभाव सरासर प्रहार भएको स्मरण गराए । राष्ट्रपति पौडेलले यस दिवसले सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज, अधिकार रक्षक र सञ्चारमाध्यमलाई महिला अधिकारका लागि काम गर्न र उनीहरूमाथि हुने हिंसा र विभेद अन्त्य गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उनले महिला हिंसामा संलग्नलाई कानुनको प्रभावकारी कार्यान्वयनका साथ दण्डित गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले विभेद उन्मूलन गर्न महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सबै पक्षलाई आग्रह पनि गरे ।

१३७ पटक हेरीएको

सम्बन्धित समाचार