गण्डकी

श्रम शोषणमा परेकी महिलाको उद्धार

श्रम शोषणमा परेकी महिलाको उद्धार

२१ मंसिर, काठमाडौं । बेनी नगरपालिका–९ घलान काउलेगौंडाकी हीराकुमारी चोखलको कुवेतमा उद्धार गरिएको छ । जागिरको क्रममा उनले श्रम शोषणको चरम रुप खेपेकी थिइन् ।

आकर्षक सुविधाको प्याकेजको प्रलोभनमा भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीय चोखलको सोही निवेदनमा कारबाही गरी उद्धार गरिएको हो । म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेत, मोना इन्टरनेशनल र गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले उनको उद्धार गरेका थिए । कुवेतबाट फर्किएकी चोखल बुधबार घर पुगेकी हुन् । उनलाई उनका परिवार र छिमेकीहरूले फूल र मालाले स्वागत गरेका थिए। करिब आठ महिनाअघि गम्भीर बिरामी श्रीमानको उपचार र छोराछोरीको पढाइका लागि केही पैसा जुटाउन चोखल भारत हुँदै कुवेत पुगेकी थिइन् ।

हरेक दिन १८ घण्टा काम गर्न बाध्य पारिएको र समयमै पारिश्रमिक नपाएको उनको गुनासो छ । चोखलले जागिरमा बारम्बार मानसिक तथा शारीरिक यातना दिइरहँदा उद्धारका लागि सहयोग मागेको बताइन् ।

१३६ पटक हेरीएको

सम्बन्धित समाचार