२२ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व हस्तान्तरण दर्ता नगर्न कम्पनी रजिष्ट्रारको नाममा अस्थायी अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज यस्तो आदेश दिएको हो । यसैबीच, अदालतले विवादको सुनुवाइका लागि आगामी पुस ११ गते दुवै पक्षलाई बोलाएको छ।सुनवाईपछि अदालतले अन्तरिम आदेश जारी गर्ने वा अर्को आदेश दिने निर्णय गर्नेछ। मलेशियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेको बताइएको छ ।
गोकुलबहादुर रोकायाले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालतमा दायर गरेको रिटमा आजको आदेश आएको हो ।
१२३ पटक हेरीएको