मुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मीनबहादुर घले नामका दुई जनालाई पक्राउ गरिएको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको हो । उनको छातीको दाहिने र देब्रे दुवैपट्टि लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको र कुल १४ किलोग्राम सुन फेला परेको थियो । सोधपुछमा घलेले उक्त सुन विमानस्थलबाट पक्राउ परेका मीनबहादुर घलेलेकै भएको खुलासा गरेका थिए । पक्राउ परेका दुवैलाई अस्थायी हिरासतमा राखेर कोटेश्वर प्रहरी चौकी पठाइएको छ ।

कार्यालय खुलेपछि थप अनुसन्धानका लागि गौचरस्थित विमानस्थल भन्सार कार्यालयमा ल्याइने भन्सार प्रमुख पाण्डेले बताए ।

१३१ पटक हेरीएको

सम्बन्धित समाचार