१८ पौष, काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
रुस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्याङ्जा जिल्लाका हरिप्रसाद अर्याल (राहादानी नं १२२९९८९१), कैलालीका भरतबहादुर शाह (राहदानी नं ११०२७१७५) र धादिङका राजकुमार गिरी (राहादानी नं ०७५७३७३८) को मृत्यु भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
यसअघि रुसी सैनिकमा काम गर्ने ६ नेपालीको मृत्यु भएको पुष्टि भएको थियो । उनीहरुमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, पोखराका दिवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान र कुन्दनसिंह नागल रहेको मन्त्रालयले जनाएको छ ।
१५८ पटक हेरीएको