मुख्य समाचार

रुस र युक्रेनका लागि श्रम स्वीकृति निलम्बन

रुस र युक्रेनका लागि श्रम स्वीकृति निलम्बन

२० पौष, काठमाडौं । वैदेशिक रोजगार विभागले युद्धग्रस्त रुस र युक्रेन जाने नेपालीलाई श्रम स्वीकृति नदिने निर्णय गरेको छ ।

विभागका निर्देशक कविराज उप्रेतीले नेपाली नागरिकलाई व्यक्तिगत र संस्थागत रूपमा दुवै देशका लागि श्रम स्वीकृति दिन रोकिएको राससलाई जानकारी दिनुभयो । ‘युद्धग्रस्त मुलुकमा जाने नेपाली नागरिकलाई हुने नोक्सानी न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ,’ उनले भने ।

१६१ पटक हेरीएको

सम्बन्धित समाचार