मुख्य समाचार

आज काठमाडौंमा वर्षभरकै न्यूनतम तापक्रम मापन

आज काठमाडौंमा वर्षभरकै न्यूनतम तापक्रम मापन

२० पौष, काठमाडौं । आज काठमाडौं उपत्यकामा वर्षभरकै सबैभन्दा चिसो दिन मानिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

बिहान ५ बजेर ४५ मिनेटमा न्यूनतम तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको थियो, जसले यस हिउँदमा सबैभन्दा कम तापक्रमको नयाँ कीर्तिमान कायम गरेको थियो । ‘यस सिजन उपत्यकामा अहिलेसम्मकै सबैभन्दा चिसो महसुस भएको छ,’ मानन्धरले थप तापक्रम घट्ने सम्भावना रहेको बताए । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने मानन्धरले बताए । केही दिनयता उपत्यकाको तापक्रममा लगातार गिरावट आएको छ ।

बिहीबार न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री र अधिकतम तापक्रम १७ दशमलव २ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम विज्ञानको भाषामा, २४ घण्टाभित्रको न्यूनतम तापक्रमलाई बिहान ८:४५ मा नापिएको न्यूनतम तापक्रम भनिन्छ भने उच्चतम तापक्रमलाई साँझ ५:४५ मा नापिएको अधिकतम तापक्रम भनिन्छ।

मौसमविद् मानन्धरले आज काठमाडौं उपत्यकाको मौसम आंशिकदेखि सामान्य बदली रही केही बादल लागे पनि घाम लाग्ने अनुमान गरेका छन् ।

१५५ पटक हेरीएको

सम्बन्धित समाचार