२१ पौष, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंको चाबहिलदेखि बौद्धसम्मका क्षेत्रमा विद्युत् कटौतीको समय तालिका सार्वजनिक गरेको छ ।
उक्त क्षेत्रमा विद्युतीय तार मर्मतका लागि बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । दाँची फिडरको मर्मतसम्भारका क्रममा चाबहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोट, जोरपाटीसम्मका स्थानबाट विद्युत आपूर्ति अवरुद्ध हुनेछ ।
१३५ पटक हेरीएको