मधेस

महोत्तरीमा चिसो बढेसँगै विद्यालय बन्द

महोत्तरीमा चिसो बढेसँगै विद्यालय बन्द

२४ पौष, काठमाडौं । चिसो बढेसँगै जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।

सोमबारदेखि रामगोपालपुर नगरपालिकाले चार दिन र सोनामा गाउँपालिकाले नौ दिन विद्यालय बन्द गरेको छ । त्यस्तै गौशाला नगरपालिकाले आजदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उनीहरूले सूचना जारी गरेर जानकारी साझा गरे। सोनामा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादवले पारा डुब्न थालेपछि बालबालिकाको स्वास्थ्य जोखिम हुन नदिन विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । त्यस्तै रामगोपाल नगरपालिकाका मेयर रामदुलार साहले विद्यालय बन्द हुँदा बालबालिकालाई चिसोको समस्याबाट बच्न सकिने बताए ।

यसैबीच, केही दिनदेखि बढेको चिसोका कारण विद्यार्थीको उपस्थितिमा ह्वात्तै कमी आएको विभिन्न विद्यालयले जनाएको छ ।

१९५ पटक हेरीएको

सम्बन्धित समाचार