मुख्य समाचार

एनओसीले इन्धनको मूल्य घटायो

एनओसीले इन्धनको मूल्य घटायो

२ माघ, काठमाडौं । नेपाल आयल निगमले हिजो मध्यरातबाट इन्धनको मूल्य घटाएको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको जनाएको छ । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भालबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५ रुपैयाँ र ती डिपोमा डिजेल र मट्टितेलको प्रतिलिटर १५३.५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, दाङ र सुर्खेतमा प्रतिलिटर पेट्रोलको मूल्य १६५ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा एक सय ६६ रुपैयाँ तोकिएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।

१६३ पटक हेरीएको

सम्बन्धित समाचार