४ माघ, काठमाडौं । चिसो बढ्दै गएपछि नेपालगन्जका संस्थागत तथा सामुदायिक विद्यालय तीन दिनका लागि बन्द भएका छन् ।
अत्याधिक चिसोबाट बालबालिकालाई जोगाउन नेपालगन्ज उपमहानगरपालिकाका विद्यालय माघ १ देखि १९ गतेसम्म बन्द गरिएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखाबहादुर थापाले जानकारी दिए । ‘चिसो बढ्दै जाँदा शिक्षण सिकाइ गतिविधिमा नराम्रो असर परेको छ, त्यसैले हामीले केही दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छौं,’ उनले भने ।
एक सातादेखि जारी शीतलहरले दैनिक जनजीवन कष्टकर बनेको छ । धुवाँ र कुहिरोले पनि साह्रै असुविधा भएको छ ।
१४८ पटक हेरीएको