१२ माघ, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ का टीकाराम बोहरा उर्फ खेसरबहादुर बोहरा रहेका छन् । गैँडा मारेको आरोपमा उनी तीन वर्षपछि पक्राउ परेका हुन् । नेकपाका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहरालाई माघ १० गते हेटौंडा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको हो । उनी २०१९ सेप्टेम्बर १७ मा नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारेर सिङ्ग काटेको अभियोगमा पक्राउ परेका थिए भने ०५ नोभेम्बर २०२० मा सिएनपीमा गोली हानेर एउटा गैँडा मारेर त्यसको सिङ काटिएको थियो ।
सो घटनामा बोहरासहित २४ जना प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले बताए । घटनामा संलग्न बोहरासहित २१ जना पक्राउ परेका छन् भने तीनजना फरार छन् । पक्राउ परेका बोहरालाई बुधबार जिल्ला अदालत चितवनमा पेस गरिएको उनले बताए ।
२४० पटक हेरीएको