मुख्य समाचार

हुण्डी कारोवारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

हुण्डी कारोवारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

१३ माघ, काठमाडौं । नेपाल प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाई र हाल काठमाडौं बौद्धमा बस्ने सुनसरीका ३० वर्षीय विश्वास राईलाई शुक्रबार पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम हुण्डी नामक गैरकानूनी माध्यमबाट पैसा ओसारपसार गर्नेलाई नेपालमा दण्डनीय छ । सुचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो । त्यस्तै, राईको अपार्टमेन्टबाट प्रहरीले रु ३ लाख १८ हजार नगद, दुई थान ल्यापटप र पाँच थान मोबाइल बरामद गरेको छ । राई र प्रसाईंविरुद्ध कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसैबीच पोर्चुगलमा जागिर दिने प्रलोभनमा सात जनासँग १२ लाख रुपैयाँ असुल्ने तारकेश्वर नगरपालिकाका २४ वर्षीय रोजिन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

२०४ पटक हेरीएको

सम्बन्धित समाचार