खेलकुद

आईसीसी यू–१९ विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित

आईसीसी यू–१९ विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित

१३ माघ, काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको हिजो भएको खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा भएको पहिलो राउण्डको फाइनल खेलमा जित हात पार्दै नेपाल आईसीसी यू–१९ क्रिकेटको सुपर–सिक्स चरणमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई ४०.१ ओभरमा सबै विकेट गुमाएर १४६ रनको लक्ष्य दिएको थियो । नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर १४६ रनको लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले ५८ रन योगदान गरे भने आकाश त्रिपाठीले २७ र दीपक बोहराले १६ रन जोडे ।

खेलमा अफगानिस्तानका लागि नेपालका आकाश चन्द एक्लै पाँच विकेट लिएर प्लेयर अफ दि म्याच घोषित भए । सुपर–सिक्समा प्रवेश गरेसँगै नेपालले दोस्रो चरणको क्रिकेट मैदानमा भारत र बंगलादेशसँग खेल्नेछ ।

१६८ पटक हेरीएको

सम्बन्धित समाचार