१५ माघ, काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकाको तापक्रम घट्दै गए पनि तराईका बासिन्दाले आइतबार ‘उच्च बादल’ले राहत महसुस गरेका छन् । कुहिरो भने हटेको छैन तर उच्च बादलले तराईमा राहत दिएको छ ।
आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार काठमाडौंको तापक्रम यो वर्षकै कम रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ९ डिग्री र जोमसोमको ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
‘साँझ ६ बजे देशका अधिकांश स्थानमा एक हजार मिटरभन्दा माथिको दृश्यता देखिएको छ,’ अर्यालले जानकारी दिनुभयो ।
१६८ पटक हेरीएको