१७ माघ, काठमाडौं । आज राति देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले आज राति हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने आज राति न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियसभन्दा तल झर्नेछ । महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार आज राति संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७ पटक हेरीएको