संबाद

वैदेशिक रोजगारीका लागि ६ सयभन्दा बढीलाई ठगी गर्ने एक व्यक्ति पक्राउ

वैदेशिक रोजगारीका लागि ६ सयभन्दा बढीलाई ठगी गर्ने एक व्यक्ति पक्राउ

१९ माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि छ सयभन्दा बढी ठगी गर्ने एक व्यक्तिलाई उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेको छ । ३२ वर्षीय ठगीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

ललितपुरको कान्जोसोम गाउँपालिका–४ का ३२ वर्षीय विकास तामाङ (वाइबा) ललितपुरको लेलेबाट पक्राउ परेका छन् । उनले सयौंलाई विदेश पठाउने र रोजगारी दिने गरी ठगी गरेका थिए । तामाङले ६ सयभन्दा बढीसँग करोडौं रुपैयाँ ठगी गरेको अनुसन्धानमा संलग्न रहेको अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरूलाई माल्टा, पोल्याण्ड र क्रोएसिया र क्यानडा जस्ता युरोपेली देशहरूमा कामको झूटो आश्वासन दिइएको थियो। तामाङले पीडितलाई यी देशमा पठाउने आश्वासन दिएका थिए, राठौरले भने । तामाङले २०७३ सालदेखि आयुस म्यानपावरलगायत विभिन्न जनशक्ति भर्ती कार्यालयमा एजेन्टको रूपमा काम गरी दुबई, कतार र मलेसिया पठाउन सहजीकरण गरेका थिए । तर २०७७ सालदेखि ठगी र आपराधिक लाभको मुद्धा परेपछि उनी देश र भारतमा फरार र लुकेर बसेका थिए ।

उनले नक्कली परिचयपत्र लिएर बालाजुमा शैक्षिक परामर्श पनि सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानले जनाएको छ । सरकारी कर्मचारी पनि उनीसँग झुक्किए । यस्ता कतिपय कर्मचारीले जागिर छाडेका छन् । उनीहरूलाई युरोपमा रोजगारीको लोभ थियो। उनले क्यानडा पठाइदिने झूटो सहजीकरण गरी एक व्यक्तिबाट १८ लाख रुपैयाँ, माल्टाबाट ८ लाख, पोल्याण्डबाट ७ लाख, क्रोएसियाबाट ६ लाख ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ ।

१७५ पटक हेरीएको

सम्बन्धित समाचार