२१ माघ, काठमाडौं । आज नेपालका विभिन्न स्थानमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा वर्षा र हिमपातको जानकारी दिने विशेष बुलेटिन जारी गरेको छ । बुलेटिनले तीव्रतामा हुने अनुमानित वृद्धिका कारण सावधानी अपनाउनु पर्नेमा जोड दिएको छ । आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोशी प्रदेशका हिमाली तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र कोशी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । तर, तराई र पूर्वी तराईका जिल्लामा भने न्यून प्रभाव पर्ने अनुमान गरिएको छ । ‘हालको प्रणालीको प्रकृति हेर्दा गत बिहीबार भएको वर्षा र हिमपातको अवस्था यस्तै रहने सम्भावना रहे पनि तराई र मधेसका क्षेत्रमा भने अझै तीव्रता रहने मौसमविद् महाशाखाले बताए । अहिले नेपाल पश्चिमी वायुको प्रभावमा छ । शनिबार प्रवेश गरेको वर्षा प्रणाली पश्चिमी क्षेत्रमा रहेको छ । यो विस्तार र तीव्र हुने अपेक्षा गरिएको छ, जसले गर्दा वर्षा र हिमपात बढ्नेछ।
यसको प्रभाव सोमबारसम्म देखिनेछ । सोमबार साँझदेखि सुरु भएको मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले जानकारी दिए ।
२०८ पटक हेरीएको