काठमाडौं : नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्नका लागि तीब्रताका साथ काम गर्न थालेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही समय अगाडि एक सार्वजनिक कार्यक्रममा बोल्दै सन् २०२६ सम्ममा नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)’ जारी गर्ने बताएका थिए ।
नेपाल राष्ट्र बैंकले उक्त लक्ष्य हासिल गर्न ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा महाशाखा’ समेत गठन गरेको छ । उक्त महाशाखाले आफ्नै डिजिटल मुद्रा जारी गर्ने काम अगाडि बढाइरहेको नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।
२६० पटक हेरीएको