रोल्पा, रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसी जाखरका ५४ वर्षीय सामाजिक अगुवा तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राङखुङका लागि निशुल्क जग्गा दान गर्ने नरबहादुर खत्रीको मंसिर १७ गते साँझ दुखद निधन भएको छ। साँझ ६ बजेतिर घर भत्काउने क्रममा घरको सेलदारले च्यापिएर गम्भीर घाइते भएका खत्रीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए।
खत्री परिवार एक वर्षयता निरन्तर शोकमा डुबिरहेको छ। गत वर्ष उनका जेठा छोरा दिलप्रसाद खत्रीको सवारी दुर्घटनामा मृत्यु भएको थियो। त्यही शोक सेलाउन नपाउँदै फेरि अर्को ठूलो दुर्घटनाले परिवारलाई मर्माहत बनाएको हो।
नरबहादुर खत्रीका कान्छा छोरा कमल केसी वैदेशिक रोजगारीमा रहेका छन् भने बुहारी सबिना बुढा केसी सोही विद्यालयमा सहायक कर्मचारी (लेखा) का रूपमा कार्यरत छन्।
४९९ पटक हेरीएको