रोल्पा — रोल्पाको माडी गाउँपालिका–१ पेदिखोलामा बाटोमा हिँडिरहेका एक पुरुषलाई धकेलेपछि खसेर घाइते भएका उनको मृत्यु भएको छ।
बिहीबार बेलुकी करिब ५ बजेतिर ५० वर्षीय गनबहादुर बुढालाई सोही स्थानका ६७ वर्षीय मनबहादुर घर्तिले बाटो छेउमा हिँडिरहेको अवस्थामा धकेलेका थिए। करिब १० मिटर तल खसेका बुढा गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ पुर्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
३१७ पटक हेरीएको