मुख्य समाचार

परिवर्तन गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

परिवर्तन गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रोल्पा, रोल्पाकाे परिवर्तन गाउँपालिकाको आयोजना तथा रुडास नेपाल र आइपास नेपालको सहकार्यमा ४ र ५ गते सञ्चालन गरिएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा विशेषगरी महिलाहरूका लागि स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै अन्य सेवाग्राहीहरूका लागि आँखा र दाँत बाहेकका विभिन्न रोगहरूको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको उक्त स्वास्थ्य शिविरबाट जम्मा ४६७ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त भएपछि सेवाग्राहीहरू लाभान्वित भएका छन्।

३३७ पटक हेरीएको

सम्बन्धित समाचार